बुधबार, बैशाख २६, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहद्दारा शासन सत्ता छोडदा दलहरुसङग भएको सहमति कार्यान्वयन गर्न माग

काठमाडौं फागुन ७,   ६५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना दिने क्रममा बुधवार दिनुभएको पूर्व राजा शाहले आफूले शासन सत्ता छोडदा अर्थात आज भन्दा ९ वर्षअघि प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन राजनीतिक दलहरुसँग सहमति गरेको भन्दै उक्त सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।  सहमति के थिए भन्ने स्पष्ट उल्लेख नगरे gyanendra_ पनि पूर्व राजा शाहले प्रजातन्त्रको मुल्यमान्यतामा आधारित सहमति भएको जिकिर गरेका छन् । त्यस्तै तत्कालिन राजनीतिक दल र मेराबीच प्रजातन्त्रको मुल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवं ब्यवस्थापकीय गतिविधि भएको हो त्यसको स्मरण गराउन चाहेको उल्लेख गरेका छन ।

सन्देशम पूर्वराजाले तत्कालिन राजनीतिक दलहरुसंङग भएको सहमति र तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मुलुकलाई दिगो शान्ति, स्थायित्व र संवृद्धितर्फ अधि बढाउन सकेमा नै आजको पुनित दिनको सार्थकता रहन्छ, सन्देशमा भनिएको छ । साथै उनले निषेध, विभेद, अन्यौल र अलमलमा समय विताउनु भन्दा देशको भू–वनोट, धर्म र परम्परा अनुसार अघि बढ्नु पनि सुझाव दिदै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि प्रजातन्त्र मजबुत पार्न राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षबाट गहन सोच राखिनुपर्ने सन्देश मार्फत बताउनु भएको छ। विखण्डन, विचलन, विद्वेष, विग्रह र विद्रोहबाट प्रजातन्त्रको राजपथ निष्कण्टक हुन नसक्ने भन्दै उनले विधि व्यवस्थामा मौलिक राष्ट्रिय परिवेश नभए प्रजातन्त्र तथा राष्ट्रियता दुवै जीर्ण र अपूरो रहने समेत उल्लेख गर्दै नयाँ संविधान जारी गरी मुलुकलाई स्थिरता र गतिशीलतातर्फ लैजान पनि प्रजातन्त्र दिवसले सहयोग पुगोस भन्ने शुभकामना दिएका छन् ।Capture

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031