बिहिबार, बैशाख २०, २०८१

काँग्रेस विगतमा गरेको वाचाबाट पछि हट्दैन : उपप्रम सिंह

  • वार्ताको लागि प्रधानमन्त्रीले एक पटक लिखित रुपमा आग्रह गरिसकेकोले अब दोहोर्याएर आग्रह नगर्ने स्पष्ट पार्दै सडकबाट संविधान घोषणा गर्नुको अर्थ नभएकोले संविधानसभामा आएर आफ्नो एजेण्डाको लागि लड्न सुझाव दिएका छन 
  • यदि कसैले गैरकानुनी रुपमा कालो धन राखेको छ भने त्यसलाई नेपालको कानुन बमोजिम छानविन गरेर सार्वजनिक गर्न सरकार प्रतिबद्ध

काठमाडौ फागुन ४,    उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले शान्ति प्रक्रियालाई निष्कर्समा पुर्याउन काग्रेस जिम्मेवार र प्रतिबद्ध

भएको बताउँदै । तत्कालीन १२ बुँदे समझादारी, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै काँग्रेस अगाडि बढ्ने बताउँनु भएको छ । रिपोर्टर्स क्लब नेपालले आज विहान आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै साक्षात्कारमा उहाँले काँग्रेस आफूले विगतमा गरेको वाचाबाट पछि नहट्ने स्पष्ट पार्दै काँग्रेस विगतमा आफूले गरेको प्रतिबद्धता र सहमतिबाट पछि हट्दैन बरु बलिदानी गर्न तयार रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्न हामी जस्तोसुकै बलिदानी दिनपनि तयार छौं ।’ मन्त्री सिंहले उक्त समझादारीहरुमा टेकेर सेकसम्म सहमतिकै आधारमा संविधान जारी गर्ने पक्षमा आफूहरु रहेको प्रष्ट पार्नु भएको छ। साथै काँग्रेस समझदारीबाट पछि हटेको नभई अहिले आन्दोलनको कुरा गर्ने एमाओवादी १२ बुँदे समझादारी, अन्तरिम संविधान र शान्ति सम्झौताबाट पछि हट्न चाहेको प्रष्ट लक्षण देखिएको अभिव्यक्ति दिनुभएको छ ।

यसैवीच साक्षात्कार पछि संबाद र सहमतिका साथ लोकतान्त्रिक संविधानको सुनिश्चितताको माग गर्दै क्लबका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै दोस्रो संविधानसभालाई शान्ति प्रक्रियाको अंगको रुपमा लिएकोले शान्ति प्रक्रिया टुङ्गयाउने जिम्मा पनि काँग्रेसकै भएको भन्दै त्यही जिम्मेवारी बोध गरेर अहिलेसम्म कसैले गर्न नसकेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानविन आयोग गठन गरेको जनाउँदै मन्त्री सिंहले वार्ताको लागि प्रधानमन्त्रीले एक पटक लिखित रुपमा आग्रह गरिसकेकोले अब दोहोर्याएर आग्रह नगर्ने स्पष्ट पार्दै सडकबाट संविधान घोषणा गर्नुको अर्थ नभएकोले संविधानसभामा आएर आफ्नो एजेण्डाको लागि लड्न सुझाव दिएका छन ।

त्यस्तै पत्रकारहरुले स्विस बैंकमा नेपालीहरुले राखेको कालो धनको वारेमा सरकारले छानविन गर्छ कि गर्दैन भन्ने जिज्ञासामा उनले भ्रष्टाचारमा शून्य सहनशिलतामा सरकार अघि बढिरहेकोले स्विस बैंकमा भएको नेपालको पैसा समेत कानून अनुसार फिर्ता ल्याउने प्रतिबद्धता ब्यक्त गरे । उनले भने–‘यदि कसैले गैरकानुनी रुपमा कालो धन राखेको छ भने त्यसलाई नेपालको कानुन बमोजिम छानविन गरेर सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै २०६२–६३ सालको जनआन्दोलनबाट प्राप्त भएका उपलब्धि गणतन्त्र, ,संघीयता, अन्तरिम संविधान, धर्मनिरपेक्षता र समावेशितामा आधारित भएर नै आफूहरु अघि बढ्ने बताए । यद्धपी मन्त्री सिंहले धर्म राज्यको नभई नागरिकको हुने भएकोले राज्यले धर्मनिरपेक्षता अपनाएर धर्म परिवर्तन विरुद्ध कडा कानून ल्याउने तयारी भईरहेका बताउँनु भएको छ ।