बिहिबार, बैशाख १३, २०८१

स्कुल खारेजीको सूचनाले जिल्ला शिक्षा कार्यालय भक्तपुरमा तनाव

भक्तपुर फागुन ४, जिल्ला शिक्षा कार्यालय भक्तपुरले गत साता जारी गरेको विद्यालय खारेजीको सूचनाले एसएलसी परीक्षाको तयारीमा जुटेका विद्यार्थी र उनिहरुका अभिभावकले परीक्षा नै प्रभावित हुने हो कि भन्ने तनाव सहित आज जिल्ला शिक्षा कार्यालय घेराउ गरेका छन ।  प्राप्त समाचारमा आफ्ना छोराछोरी अध्ययनरत deo-bhaktapur-logoविद्यालयको नामसँग ठ्याक्कै मिल्ने नामको विद्यालय खारेजीको सूचना जिल्ला शिक्षा कार्यालय भक्तपुरले जारी गरेपछि अत्तालिएका अभिभावकहरुले जिशिका घेराउ गरेको जनाएको छ ।

जिशिकाले मध्यपुरथिमि नगरपालिका–४ नगदेशमा सञ्चालनका लागि अस्थायी अनुमति लिएर हालसम्म सञ्चालन नै नगरेको शङ्खधर मेमोरियल स्कुल खारेजी प्रक्रिया अगाडि बढाएपछि यस्तो अवस्था सिर्जना भएकोे बुझिएको छ । कार्यालय घेराउसँगै निमित्त जिल्ला शिक्षा अधिकारी कोमल घिमिरे विद्यालयका प्राचार्य श्रेष्ठ, अभिभावक र विद्यार्थी सम्मिलित वार्तापछि खारेजीको प्रक्रियामा गएको विद्यालयको सम्पूर्ण विवरण खोजी गरिने र दधिकोटस्थित हाल सञ्चालनमा रहेको विद्यालयलाई खारेजीको सूचनाले कुनै असर नगर्ने व्यहोरासहितको प्रेस विज्ञप्ति जारी गरेको छ ।