काठमाडौ फागुन ३ , पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोषले महाशिवरात्रि पर्वको तयारी सम्बन्धमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले विगत वर्षहरुमा जस्तै तर त्यसवेला महसुस गरिएको कमजोरी समेत लाई ध्यान दिदै पर्वको अवसरमा एक हजार तिरी सःशुल्क दर्शनको व्यवस्था सहित देश विदेशबाट आउने भक्तजनलाई विशेष सुविधासहित दर्शनको व्यवस्था गरिएको बताउनुभएको छ ।
त्यस्तै उहाँले दर्शनर्थीहरुका दर्शनका लागि वागमती नदीको पश्चिम करिडर प्रयोग गरी तिलगङ्गा–पिङ्गलास्थान हुँदै वनकाली–चारशिवालय, पञ्चदेवल, दक्षिणढोका, वत्सलेश्वरी, आर्यघाट भएर पूर्व ढोकाबाट मन्दिर र वनकाली धर्मशालालाई बायाँ पारेर चार शिवालय, पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था गरिएको जानकारी दिनु भएको छ ।
त्यस्तै गरि दर्शन मार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि भकुन्डोलस्थित कार पार्कमा प्रहरी मूल शिविर÷कमाण्ड पोस्ट स्थापना गरिएको र पार्किङस्थल, जुत्ता चप्पल कक्षलगायत आवश्यक स्थानमा नेपाल प्रहरीको सव–कमाण्ड पोस्ट र पिकेड÷कर्डन स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको पूर्ण प्रभावकारी सुरक्षाका लागि सिसिटिभी जडान गरी करिब चार हजार सुरक्षाकर्मीको व्यवस्था गरिएको व्यवस्था मिलाइएको पनि त्यस अवसरमा जानकारी दिईएको छ ।