शनिबार, बैशाख २२, २०८१

संवैधानिक परिषदको बैठक आज बस्दै

काठमाडौं फागुन १, संवैधानिक परिषदको बैठक आज बस्दैछ । विहीवारके लागि तय गरिएको भएपनि प्रमुख प्रतिपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण प्रधानमन्त्री सुशील कोइरालाले आजको लागि बैठक सार्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा लोकसेवा आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिसका विषयमा छलफल हुनेछ । पाँच पदाधिकारी हुनुपर्ने लोकसेवामा अहिले जम्मा अध्यक्ष कयोंदेवी यमी, सदस्यद्वय टीकादत्त निरौला र राजेन्द्रप्रसाद साहमात्र छन्, दुई सदस्य पद रिक्त हुँनुको अलावा अध्यक्षसहित तीनै जना पदाधिकारीको पदावधिसमेत आगमी फागुन ४ मा सकिँदै छ ।

त्यसमाथि पनि परिषदको सिफारिसपछि संसदीय सुनुवाइलगायतको प्रक्रियाका कारण झन्डै १५ दिनभन्दा बढी समय लाग्ने भएकाले पदाधिकारी सिफारिस गर्न ढिलाइ भइसेकेको भनदै प्रधानमन्त्रीले बैठकको एजेन्डामा लोकसेवा आयोगसहितका संवैधानिक पदाधिकारी नियुक्तिको सिफारिस गर्ने उल्लेख गर्नुभएको छ ।