बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपति यादवद्दारा राजनीतिक दललाई विश्वासको सङकट लाई चिर्दै वार्ताको टेबलमा बस्न आग्रह

प्रसङग अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २४औँ स्थापना दिवस :

काठमाडौ माघ २८,  राष्ट्रपति डा रामवरण यादवले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २४औँ स्थापना दिवसको उपलक्ष्यमा आज राजधानीमा आयोजित विशेष Captureकार्यक्रमलाई सम्बोधन गर्दै सबै राजनीतिक दललाई विश्वासको सङकट लाई चिर्दै आफ्नो हठ छाडेर वार्ताको टेबलमा बस्न आग्रह गर्नुभएको छ । साथै उहाँले भ्रष्टाचारीमाथि कारबाही चलाउँदा सय अपराधी छुटुन्, तर, एक निर्दोष व्यक्ति नफसोस् भन्नेमा अख्तियारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

राजनीतिक दलहरूको घोषणापत्र र संविधानसभा नियमावलीमार्फत यही गत ८ गते संविधान दिने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै उहाँले कमिकमजोरीकै कारणले त्यो प्रतिबद्धता पूरा हुन नसकेर जनतामा केही निराशा छाएको बताउँदै अवका दिनमा दलहरुले आफ्ना राजनीतिक स्वार्थभन्दा माथि उठ्दै नेपालीको मुहार हेर्दै नेपाल आमालाई सम्झँदै सहमति गर्नेछन् भन्ने मेरो विश्वास पनि त्यस अवसरमा व्यक्त गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री सुशील कोइरालाले सुशासनका माध्यमबाट मुलुुकमा शान्ति र स्थायित्व कायम गर्दै नेपालमा लोकतान्त्रिक संविधान निर्माणको अनुकूल वातावरण तयार गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहयोग पु-याइरहेको बताउनुभएका थियो ।साथै उहाँले संविधान निर्माणको यस महायज्ञमा सरिक भएर नेपालको राजनीतिक, संवैधानिक, आर्थिक विकासमा सहभागी हुँदै नेपाली जनतालाई सुख, शान्ति र समृद्धितर्फ लैजाने ऐतिहासिक अभियानलाई सफल बनाउन संविधान सभाभित्र र बाहिरका समस्त राजनीतिक दलहरू सम्बद्ध नेतृत्वलाई हार्दिक अपिल गरेको गर्नुभएको छ ।

त्यस्तै गरि आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले समाजमा अनुशासन, सदाचार पद्धति, र नैतिक आचरण खस्कँदै गएको परिणमास्वरूप गैरकानुनी, अवान्छित र अनैतिक गतिविधि बढ्दै गएको र सबै नेपाली जनताको साथ, सहयोग र समर्थन पाएका खण्डमा आयोगले भष्टाचार न्यून गर्ने मामिलामा उल्लेख्य प्रगति हासिल गर्ने बताउँनुभएको उक्त समाहरोमा अयोगका तीनजना पूर्व प्रमुुख आयुक्तहरूलाई सम्मान गरिएको थियो भने वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको कविता एवम् वक्तृत्वकला प्रतियोगिताका छात्र छात्रालाई सो अवसरमा पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुको अलावा छवटा पत्रिकालाई नगद पुरस्कारसहित कदरपत्र, दुईवटा पत्रिकालाई प्रशंसापत्र, छवटा टेलिभिजन च्यानललाई प्रशंसापत्र, दुईजना पत्रकार तथा अभियन्तालाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको थियो । फोटो अख्तियार दुरूपयोग अनुसन्धान आयोग