शुक्रबार, चैत्र १६, २०८०

राप्रपा नेपालले संविधानसभाको बैठक बहिष्कार गर्ने

काठमाडौ माघ २८,  राप्रपा नेपालको सहंदरबारमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले संविधानसभाको विहीवारको लागि बोलाइएको RPPN-Jhanda1संविधानसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको गरेको छ । संविधानसभाको प्रस्ताव निर्माण समितिले सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षताको सम्बन्धमा प्रश्न बनाउन नपाउने भनेपछि त्यसको विरोध गर्र्दै बैठक वशिष्कार गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्र, हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थालगायत विषयमा जनमत सङ्ग्रहद्वारा निर्णय हुनुपर्ने आफ्नो मागलाई बलात् उपेक्षा गर्ने जुनसुकै कारबाहीको भत्र्सना गर्ने निर्णय गर्दै आफ्नो माग प्रस्ताव निर्माण समितिद्वारा प्रस्तुत प्रश्नावलीमा सम्बोधन नगरिने यो प्रक्रिया जारी रहुन्जेलसम्म संविधानसभा बैठक बहिष्कार गर्ने निर्णय भएको राप्रपा नेपालले जनाएको छ ।