बुधबार, बैशाख १९, २०८१

सतर्कता केन्द्रद्दारा सम्पत्ति विवरण नबुझाउने मन्त्री र सभासद्को नाम सार्वजनिक

काठमाडौ पौष १४, राष्ट्रिय सतर्कता केन्द्रले आज पत्रकार भेटघाट कार्यक्रममको आयोजना गर्दै सार्वजनिक पद धारण गरेका व्यक्तिमध्ये तोकिएको समयमा आफ्नो rastriya-satkartaसम्पत्ति विवरण नबुझाउनेका नाम सार्वजनिक गरेको छ ।  यसरी सार्वजनिक गरिएको नाम मध्ये एक मन्त्री, ५६ सभासद् सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, त्यस्ते विभिन्न मन्त्रालय तथा मातहतका कर्मचारी, सभासद्, सेना प्रहरी, निजामती कितावखानामा सम्पत्ति विवरण बुझाउनुपर्ने कर्मचारी र विभिन्न विश्वविद्यालयका प्राध्यापकहररहेको जनाउँदै केन्द्रले सार्वजनिक पद धारण गरेर तोकिएको समयमा आफ्नो सम्पत्ति विवरण  सहरी विकासमन्त्री डा नारायण खड्काले पनि विवरण उपलब्ध नगराएको जानकारी दिएका छन ।

यसैगरी विभिन्न दलमा आबद्ध सभासद्ले पनि सम्पत्ति विवरण नबुझाएको क]न्द्रले जनाएको छ। साथै सम्पत्ति विवरण नबुझाउँनेको नामावली केन्द्रको वेबसाइटwww.nvc.gov.np  मा पनि राखिएको जानकारी दिदै प्रवक्ता भोजेन्द्रकुमार क्षेत्रीले सार्वजनिक पद धारण गरेका तीन लाख २३ हजार २६३ पदाधिकारीमध्ये आव २०७०।७१ मा दुई लाख ९९ हजार ४०४ जनाले समयमै र एक हजार ६०८ जनाले म्याद नाघेपछि सम्पत्ति विवरण बुझाएको जानकारीदिनु भएको छ ।  त्यस्तै गरि सम्पत्ति विवरण नबुझाउने २२ हजार २५१ जना पदाधिकारीलाई जनही रु पाँच हजार जरिवाना गरिने र यसबाट रु एघार करोड १२ लाख ५५ हजार राजस्व असुल हुने उहाँले  जानकारीदिनुभएको छ ।

सम्पत्ति विवरण नबुझाउने सभासद्को नाम –

क्र.सं. नाम, थर जिल्ला
१ अर्जुननरसिंह केसी नुवाकोट
२ अम्बिका बस्नेत काठमाडौँ
३ अमृतकुमार अर्याल मोरङ
४ आनन्दप्रसाद ढुङ्गाना धनुषा
५ आशा विक बाँके
६ इन्द्रबहादुर बानियाँ मकवानपुर
७ ईश्वरी न्यौपाने कैलाली
८ कन्चनचन्द्रवादे श्रेष्ठ काभ्रेपलाञ्चोक
९ कमल थापा काठमाडौँ
१० कान्ता भट्टराई -निलम्बित काठमाडौँ
११ कुमारीलक्ष्मी राई ललितपुर
१२ केशव थापा इलाम
१३ गिरिराजमणि पोखरेल महोत्तरी
१४ डिलबहादुर नेपाली कास्की
१५ तीर्थबहादुर लामा काभ्रेपलाञ्चोक
१६ तेजुलाल चौधरी सप्तरी
१७ दिनेशप्रसाद साह धनुषा
१८ दीपक बोहरा रुपन्देही
१९ दीपशिखा शर्मा ढकाल धनुषा
२० दिलीप खवास गच्छदार मोरङ्ग
२१ दिवानसिंह विष्ट कञ्चनपुर
२२ देवकरणप्रसाद कलवार नवलपरासी
२३ धर्मेन्द्रकुमार साह तेली महोत्तरी
२४ नरेन्द्रविक्रम नेम्बाङ पाँचथर
२५ निर्जला राउत सिराहा
२६ पद्मनारायण चौधरी सिराहा
२७ बलबहादुर केसी सोलुखुम्बु
२८ बहादुरसिंह लामा  नुवाकोट
२९ विक्रम पाण्डे चितवन
३० विश्वेन्द्र पासवान सिरहा
३१ भीमप्रसाद आचार्य सुनसरी
३२ महेन्द्र यादव धनुषा
३३ मानपुर चौधरी सप्तरी
३४ मीनबहादुर विश्वकर्मा भोजपुर
३५ मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक
३६ राजकुमार अग्रवाल पर्सा
३७ राजलक्ष्मी गोल्छा मोरङ
३८ राजु थापा स्याङ्जा
३९ राजेन्द्रकुमार केसी काठमाडौँ
४० लालबाबुसिंह भुइहार बारा
४१ विजयकुमार सिंह महोत्तरी
४२ विमलकुमार केडिया पर्सा
४३ शक्तिबहादुर बस्नेत जाजरकोट
४४ शम्भु पासवान हजारी सर्लाही
४५ डा शिवजी यादव महोत्तरी
४६ शिला शर्मा खड्का काठमाडौँ
४७ सीताराम भण्डारी महोत्तरी
४८ सीमाकुमारी विक रुपन्देही
४९ सुजाता कोइराला मोरङ
५० सुनीलकुमार यादव रौतहट
५१ सुरेन्द्रप्रसाद चौधरी पर्सा
५२ सुरेन्द्रप्रसाद यादव सप्तरी
५३ सूर्यमान गुरुङ ताप्लेजुङ्ग
५४ सञ्जयकुमार साह धनुषा
५५ हरिबोलप्रसाद गजुरेल सिन्धुली
५६ हरिबहादुर खड्का बागलुङ

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930