शनिबार, बैशाख २२, २०८१

राजनीतिक क्षेत्रमा चुलिदै आएको गतिरोध समाप्त होस : उपराष्ट्रपति झा

काठमाडौ पौष १०, उपराष्ट्रपति परमानन्द झाले क्रिसमस अर्थात इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई parmanadha jhaधर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै दिनुभएको सन्देमा राजनीतिक क्षेत्रमा चुलिदै आएको गतिरोधलाई सदाका लागि समाप्त गरी संविधानसभाको दोस्रो निर्वाचनपछि देशले जनचाहना अनुरुपको लोकतान्त्रिक संविधान प्राप्त गर्दै स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सकोस् भन्ने कामना गर्नुभएको छ ।