शनिबार, बैशाख ८, २०८१

माघ ८ मा नै संविधान ल्याउन हरसंम्भव प्रयास जारी : प्रम कोइराला

बनेपा पौष ११, नेपाल जेसिसको ४१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ मा नै संविधान ल्याउन सहमतिका लागि हरसंम्भव downloadप्रयास भइरहको बताउनुभएको छ । त्यस्तै प्रधानमन्त्रीले केइरालाले सङ्घीयतामा प्रादेशिक सङ्ख्या कति हुने भन्ने विषय बढी पेचिलो भएको उल्लेख गर्दै पूर्वाधार नभएकाले प्रादेशिक सङ्ख्या घटाएर सानो बनाउनुपर्ने धारणा पनि त्उसअवसरमा व्यक्त गनुभएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तीन दिनसम्म चल्ने सो महाधिवेशनमा सहभागी हुन देशभरबाट दुई हजार ५०० युवा काभ्रेपलाञ्चोक आएका छन् । तीमध्ये एक हजार ५०० जनाले मात्रै मतदान प्रक्रियामा भाग लिने जेसिसको सचिवालयले जनाएको छ ।