मङ्लबार, बैशाख १८, २०८१

सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासङघ र युनियनको माग

काठमाडौं मङसिर ५, नेपाल पत्रकार महासङघ चितवन शाखाका सदस्य नारायण अधिकारीलाई मङसिर ४ गते अज्ञात व्यक्तिले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासङघले गम्भीर ध्यानाकर्षण भएको भन्दै सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही माग गरेको छ fng logo 1press union। महासङघद्दारा आज जारी प्रेस विज्ञप्तिमा मोटरसाईकलमा चितवन मुक्तिनगरस्थित निवासतर्फ जाँदै गरेका पत्रकार अधिकारीलाई निवासनजिकै पुग्दा साँझ ६ः०० बजेतिर अल्फाबेट नखुलेको ८५५४ नम्बरको रातो पल्सरबाइकमा आएका दुई जना व्यक्तिले धारिलो हतियारले आक्रमण गरी घाइते बनाएको जनाएको छ । आक्रमणबाट पत्रकार अधिकारीको दाहिने हातमा गम्भीर चोट लागेको छ ।

नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको यस्तो साङघातिक आक्रमण प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । यो घटनाले पत्रकारको सुरक्षा चुनौती थप प्रष्ट्याएको छ । त्यस्तै महासङघले पत्रकार अधिकारीमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै आक्रमण गर्नेको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याई पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र घाइते पत्रकारको उपचार व्यवस्था मिलाउन महासङघले सरकारसङग माग गरको छ ।

यसैवीच नेपाल प्रेस युनियनले पनि सञ्चारकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न सरकारसमक्ष माग गर्दै सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाललाई आज ज्ञापनपत्र बुझाएका छन । ज्ञापन पत्रमा युनियनले राष्ट्रिय समाचार समिति चितवन जिल्ला कार्यालयका प्रमुख तथा प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीमाथि आक्रमण गर्नेमाथि कारबाही गर्न माग गरेको हो ।

त्यस्तै युनियनको ज्ञापनपत्र बुझ्दै मन्त्री डा रिजालले पत्रकार अधिकारीमथि आक्रमण गर्ने दोषीको पहिचान गरी कारबाहीका लागि निर्देशन दिइसकेको बताउँदै अपराधी पहिचान गरी कारबाहीका लागि निर्देशन  दिइसकेको बताउनुभएको छ ।