बिहिबार, बैशाख २०, २०८१

अस्ताउँदो सूर्यलाई अर्घ अर्पण,राष्ट्रपति,प्रधानमन्त्रीद्दारा पनि सूर्यदवको पूजा अर्चना

कठमाडौं कात्तिक १२, आज साँझ धार्मिक विधिपूर्वक छठ पर्वका वर्तालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेका छन् । कात्तिक शुक्ल षष्ठी तिथिमा अस्ताउँदै गरेको rambaran-yadav-final4सूर्यलाई अर्घ अर्पण सम्पन्न भइसकेको र भोलि सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि चार दिनसम्म जारी छठ पर्व सम्पन्न हुनेछ । वर्तालुले यसपर्वको मुख्य मान्यता पाएका ठेकुवा, केरालगायत विभिन्न प्रकारका प्रसाद सूर्यलाई अर्पण गरेका छन् ।

राजधानीकोे रानीपोखरी, कमल पोखरी, टङकेश्वर गौरीघाट र शङख मुलमा आज व्रतालुहरुको व्यापक घुँइचो लागेको थियो । यसैवीच आज साँझ रानीपोखरीमा राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला ,लगायत विभिन्नदलका शीर्ष नेताहरुले पनि अर्घ दिनुभएको छ । त्यस अवसरमा प्रम कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा बाबुराम भट्टराई, नेकपा एमालेका नेता माधवकुमार नेपाल, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सभासद् तथा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रन्जित कर्णलगायतका नेताले निर्धारित समयमै संविधान जारी हुनुपर्ने धारणा राख्नु भएको थियो । फोटो: साभार इमेज डट.कम