मङ्लबार, बैशाख २५, २०८१

  पोखरा विश्वविद्यालयका उपकुलपतिसहित २४ विरुद्ध मुद्दा दायर

काठमाडौ कात्तिक ११, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयका उपकुलपतिसहित २४ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।  nam list आयोगले उक्त विश्वविद्यालयका उपकुलपति खगेन्द्रप्रसाद भट्टराईसहितका पदाधिकारीले रु दुई करोड २४ लाख १६ हजार हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगद्दारा आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै भवन निर्माणमा प्रक्रिया र मापदण्ड नपु-याइएको, आफूखुसी नजिकका व्यक्तिलाई सेवा प्रवेश गराइएको र कागजातबिना नै आर्थिक कारोबार गरेको पाइएको छ । उनीहरुलाई आयोगको ऐन, २०५९ अनुसार बिगोसमेत असुलउपर गरी हदैसम्मको कारबाहीको माग गरिएको छ ।
त्यस्तै विश्वविद्यालयका आर्थिक अनियमितता गरी आफूविरुद्धको प्रमाणसमेत लोप गर्न सक्ने स्थिति देखिएको भन्दै आयोगले उनीहरूलाई सोमबार हिरासतमा लिएको थियो । आयोगले मुद्दा दायर गरेकामा तत्कालीन कार्यकारी परिषद् सदस्य इन्द्रप्रसाद तिवारी, भवानीप्रसाद पाण्डे, ज्ञानेश्वर शर्मा, चन्द्रमणि पौडेल र ईश्वचन्द्र बानियाँ, कार्यकारी परिषद् सदस्य दीपकराज पौडेल, रजिस्ट्रार प्रा डा मानबहादुर केसी, योजना महाशाखा प्रमुख हरिबहादुर खड्का तथा उपप्रशासकद्वय यादव थापा र रवीन्द्रप्रसाद बराल हुनुहुन्छ ।

मुद्दा दर्ता गरिएका अन्यमा पूर्वउपकुलपति केशरजङ्ग बराल, पूर्वरजिस्ट्रार ओमप्रकाश शर्मा, विज्ञान तथा प्रविधि सङ्कायका डिन सुरेशप्रसाद बास्तोला, पूर्वपरीक्षा नियन्त्रक कर्णवीर पौडेल, कामु परीक्षा नियन्त्रक पूर्णचन्द्र शर्मा, परीक्षा नियन्त्रक बलराम भट्टराई, परामर्शदाता प्रमुख पदमबहादुर शाही, प्राविधिक शाखा प्रमुख विनोदप्रसाद ढकाल, उपप्रशासक होमबहादुर थापा, उपप्रशासक गोबद्र्धन भट्टराई र ठेकेदार रामेश्वर भण्डारी छन् । अनियमितताको आरोप लागेका इन्जिनियर सुरेश बराल भने फरार छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930