शुक्रबार, बैशाख २१, २०८१

हुदहुद आँधीको प्रभावले मुलुकभर वर्षाः भोलि पनि देशभर बदलिहुने

हुदहुद आँधी  काठमाडौ असोज २७, पूर्वी बङ्गालको खाडीबाट फैलिएको हुदहुद नामको सामुद्रिक आँधीका कारण मौसम बदली भई आज देशभर पानी परेको मौसमविदहरुले बताएको छ ।

आइतवार मध्याह्नबाट भारतको आन्ध्र प्रदेश हुँदै पश्चिम उत्तरतर्फ बढिरहेकाले सामुद्रिक आँधी त्यसको प्रभावस्वरुप मुलुकभर वर्षा भएको र   मङगलवार पनि नेपालको मध्य र पश्चिमी भेगमा भारी वर्षा हुनुको साथै देशभर बदलिहुने जनाउँदै मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि मात्र मौसममा पूर्णरुपमा सुधार आउने जनाएको छ ।