शनिबार, बैशाख ८, २०८१

राजधानीमा आज साँझ भएको यात्रुवाहक बस दुर्घटनामा तीनको मृत्य, बाह् घाइते

काठमाडौं असोज २७, राजधानीको बबरमहल स्थित काठमाडौं जिल्ला अदालत परिसरमा काठमाडौँ- धुलिखेल चल्ने बा१ख ८६७६ नम्बरको मिनीबस दुर्घटना भएकोछ । 1798612_10152767532408836_3437107238078716856_nबबरमहलमा आज साँझ एक यात्रुवाहक बस पल्टिँदा तीन जनाको मृत्यु भएको तीनको मृत्य भएको छ भने बाह् यात्रु घाइते भएका छन   ।

बनेपाबाट काठमाडौं आउँदै गरको उक्त बा१ख ८६७६ नंको यात्रुवाहक बस पल्टेर चार मोटरसाइकललाई थिच्दा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराका कमदुल मिया र महोत्तरीका तिलकप्रसाद गौतम रहेका छन भने अर्का एक मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइतेमध्ये छ जनालाई वीर अस्पतालमा र छ जनाको निजामती सेवा अस्पताल बानेश्वरमा उपचार भइरहेको यस मध्य पनि निजामती अस्पतालमा तीन जना र त्यस्तै गरि वीर अस्पतालमा उपचाररत छ मध्य एक जनाको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ।