बिहिबार, बैशाख २०, २०८१

अन्तर्राष्ट्रिय लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

आठ अर्बको लगानीमा १७ तले फाइपस्टार होटल बन्दै

sushil_koirala

काठमाडौं असोज २५, गैर आवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले र जमुन गुरुङद्वारा प्रवद्र्धित अष्ट्रेलियाको एमआइटी ग्रुप होल्डिङसको लगानीमा काठमाडौँमा पाँचतारे ‘शेराटन काठमाडौँ होटल’ निर्माण गर्न लागिएको छ । कान्तिपथस्थित केशरमहलसँगै रहेको करिब १४ रोपनी क्षेत्रफलमा रु आठ अर्बको लगानीमा निर्माण गर्न लागिएको १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम रहने शुक्रवार आयोजित पत्रकार सम्मलनमा दिइएको छ ।

त्यस्तै होटल निर्माणका सवै लगानी अष्ट्रेलियनको रहने जानकारी दिइएको उक्त होटलको व्यवस्थापन तथा सञ्चालन भने सिङ्गापुरको स्टारबुड ग्रुपले गर्ने बताइएकोछ । होटल शेराटनमा २१८ वटा गेष्टरुम र सुइट रहने छन्, होटल निर्माणका क्रममा करिब ५० हजारले प्रत्यक्ष रोजगारी पाउने र होटल सञ्चालनपछि ४५० जना दक्ष जनशक्तिले रोजगारी पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख रहकोे छ ।SHERATON_

यसैवीच कान्तिपथमा निर्माण गर्न लागिएको उक्त होटलको आज शिलान्यास गर्दै प्रधानमन्त्री सुशील कोइरालाले भन्नुभयो, “गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले शेराटन होटलमा गरेको लगानी आफैमा महत्वपूर्ण भएको बताउँदै  उहाँले नेपालमा ६० वर्षदेखि मुलकमा लामो समय यतादेखि अवरुद्ध विकासलाई गैरआवासीय नेपालीको ठूलो लगानीले ढोका खोलिएका भन्दै यस्तै अन्य धेरै योजना कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउन गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभएको छ । शिलान्यास कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइट, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।