आइतवार, बैशाख २३, २०८१

H&B विकास बैंकका  प्रमुख र सञ्चालक पक्राउ

काठमाडौ असोज २३, H&B विकास बैँकबाट अपचलन गरी रकम झिकी हिनामिना गरेको अभियोगमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकलाई प्रहरीले आज H-B-Bankपक्राउ गरेको छ ।  न्यू एसिया प्यासिफिक ट्रेडर्स प्रालिका प्रोप्राइटर प्रशान्त अग्रवालको नाममा सो बैंकको खातामा जम्मा गरेको रु चार करोड ७८ लाख रकम सञ्चालक समितिका पदाधिकारीहरूको संलग्नतामा बैंकको कुलेश्वर शाखाबाट अपचलन भएपछि उजुरी परेको थियो ।

उजुरीको आधारमा अनुसन्धानपछि महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले बैंकका तत्कालीन कार्यकारी प्रमुख जसोदा सैंजुलाई हिजो र सञ्चालक पुष्पज्योति ढुङ्गानालाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैलाई बैंङ्किङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका चलान गरिएको छ ।