सोमवार, चैत्र १३, २०७९

नेपाललाई हिन्दुराज्य बनाउँन जुनसुकै कदम पनि उठाउँन सक्ने काँग्रेस नेता खड्काको चेतावनी(भिडियो सहित)

 काँग्रेसवृत बाटै नेपाललाई पुन हिन्दु राष्ट्र बनाउने अभियान सुरु

संविधानसभाले नेपाललाई हिन्दु राष्ट्र कायम नगरे अमान्य

काठमाडौ असाज २३,  सदियौं देखि सनातन हिन्दु राज्यको प्रारुपमा प्रतिस्थापित एवम् परिचित हुँदै आएको मुलकलाइ तत्कालीन संविधानसभाको बैठकले केहि व्यक्तिविशेषको लैलहडमा धर्म निरपेक्ष राज्य घोषणा गरिनु गम्भिर भूल भएको भन्दै मुलुक धर्म निरपेक्ष राज्य घोषणा भएको लामो समयपछि नेपाली काँग्रेसका केन्द्रीय नेताहरु हिन्दु राज्यकै पक्षमा उभिन थालेका छन् । त्यस्तै ति नेताहरुले २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसदले नेपाललाई हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष मुलुक घोषणा गर्नु आफैमा नियोजित षडयन्त्रको उपज भएको स्विकार गर्दै नेपाली काँग्रेसको एक समूहले नेपाललाई पुन हिन्दु राष्ट्र बनाउने अभियान सुरु गरेका छन ।
यसै क्रममा सनातन हिन्दू राष्ट्र नेपाल कायम गर्न दबाब दिने उद्देश्यले आज वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईको संयोजनमा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
अन्तरक्रिया कार्यक्रमको आरम्भमा बोल्दै नेताहरुले काँग्रेसले धर्म निरपेक्षता अंङगालेकोमा चर्को आलोचना सहित नयाँ संविधानमा पनि धर्म निरपेक्षतालाई कायमै राख्न दलहरु सहमत भएपछि प्रस्तुत समूहले ‘राष्ट्र, राष्ट्रियता र सनातन हिन्दु राष्ट्र’ नारा तय गर्दै आजबाट आफ्नो अभियान आन्दोलनको प्रारुपमा विधिवत सुभारम्भ भएको जनाएका छन ।

httpv://www.youtube.com/watch?v=-rQ_T80DG8c#t=85

राजधानीको वानेश्वर स्थित अनमोल क्याटरिङको प्रेक्षालयमा भएको उक्त कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का, पूर्वसभामुख तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, पुष्पा भूसाल, पूर्वमन्त्रीहरु डा रामचन्द्र अधिकारी, पूर्णकुमार शेर्मा, केशव थापा, मार्शल जुलुम शाक्य, दूर्योधनसिंह चौधरी, हस्तबहादुर मल्ल, शिवराज योगी, झलकनाथ वाग्ले, सुरेन्द्र हमाल, प्रकाश कोइराला, सावित्री बोगटी, ओमकार श्रेष्ठ  त्यस्तै गरि पूर्वसांसदहरु शंकर पाण्डे, रामबहादुर विष्ट, अकलबहादुर विष्ट, तिलक न्यौपाने, रविन्द्रलाल श्रेष्ठ, रामजीवन सिंह र सभासद्हरु सुशीला चौधरी, पार्वती डीसी चौधरी, राजीवविक्रम शाही, सुवर्णा ज्वारचन, नेविसंघका संस्थापक महामन्त्री डा टिका पोखरेल, पत्रकार देवप्रका त्रिपाठी, विश्व हिन्दू महासंघका पूर्वअध्यक्ष दामोदर गौतम, ट्रेड युनियन कांग्रेसका खिलनाथ दाहाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा काँग्रेस महासमिति सदस्य समेत रहेका बरिष्ठ अधिवक्ता कुमार रेग्मीले कार्यपत्र प्रस्तुत गर्दै मुलकमा हिन्दू राष्ट्रका आवश्यकता र औचित्यमाथि प्रकास पार्दै मुलुक धर्मनिरपेक्ष भए मुलुक बिखण्डन हुने दावी प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमका सहभागी वक्ताहरुमध्ये काँग्रेस नेता एवम् पूर्वगृहमन्त्री खुमबहादुर खड्काले धर्म निरपेक्षतामा जाने पार्टीको निर्णयलाई सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिदै वीपीको विचार र हिन्दू दर्शनबाट मात्र मुलुक अगाडि बढ्न सक्न मर्मलाइ विर्सेर कांग्रेसले माओवादीको एजेन्डा बोकेको आरोप लगाएका थिए । त्यस्तै उहाँले मुलुकलाई हिन्दुराज्य बनाउँन आजको यो अभियानले जुनसुकै कदम पनि उठाउँन सक्ने भन्दै त्यो कदमले आन्दोलनको आँधिबेहेरी सिर्जना गर्ने चेतावनी दिदै यदि संविधानसभाले नेपाललाई हिन्दु राष्ट्र कायम नगरे आफूहरुलाई मान्य नहुने भन्दै त्यस विरुद्ध शसस्त्र आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।  । त्यस्तै गीि पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री पूर्णकुमार शेर्मा, चिरञ्जीवी वाग्ले, दीपकुमार उपाध्याय,मिठाराम विश्वकर्मा लगायतका नेताहरुले धर्म निरपेक्षतामा जाने पार्टीको निर्णय सच्याउनु पर्नेमा जोड दिएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930