बिहिबार, बैशाख २०, २०८१

जेष्ठ नागरिक मुलुकको धरोहर :उपप्रम सिंह

काठमाडौं असोज ११, नेपाल सरकारका उपप्रधानमन्त्री एवम् काँग्रेस महामन्त्री प्रकाशमान सिंहले आज विहान बानेश्वर एकता समाजले आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै जेष्ठ नागरिक मुलुकको धरोहर भएको भन्दै उहाँहरुको लागि  उपप्रम सिंहले  उचित सम्मान सहितको   सामाजिक सुरक्षाको प्रत्याभूति दिनेमा राज्य पछि नहटने बताउँनु भएको छ ।

त्यस्तै गरि  बाढी पहिरो पीडितपरिवरका लागि दिइदै आएको प्रतिव्यक्ति ३५ रुपियाँलाई बढाएर ५० रुपियाँ बनाएको जानकारी दिदै अव प्रती परिवार ३ हजार दशै राहत दिनका लागि सरकारले निर्णय गरिसकेको त्यस अवसरमा उहाँले जानकारी दिनु भएको छ।

त्यस्तै जेष्ठ नागरिकहरुलाई सम्मान गर्न किमार्थ कन्जुस्यांइ गर्न नहुने र उहाँहरुले देखाएको सत्मार्गमा लाग्दै जाने हो भने कुनै पनि असफलता सफलतामा परिणत हुने बताउँनु भएको छ।  फोटो: युपी लामिछाने