बिहिबार, बैशाख २०, २०८१

नेतृ प्रधानको परिवारमा अर्काे शोक

काठमाडौ असोज ७ , वाम आन्दोलनकी अगुवा सहाना प्रधानको निधनबाट शोकाकुल उहाँको परिवारमा आजै अर्काे शोक परेको छ । प्रधानका देवर जीतेन्द्रदेव श्रेष्ठका साढे तीन वर्षीय नाति जेनिस श्रेष्ठको आज मरुटोलस्थित घरको पाँचौँ तलाबाट खसेर मुत्यु भएको छ । जेनिसलाई उपचारका क्रममा वीर अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।