बिहिबार, बैशाख १३, २०८१

बडादसैँको टीका साइत १७ गते बिहान १०ः१५ बजे उत्तम : पञ्चाङ्ग निर्णायक समिति

dashain-tika-thaliकाठमाडौ असोज ७, नेपाल पञ्चाङ्ग निर्णायक समितिले वर्ष २०७१ को टीकाको साइत असोज १७ गते शुक्रबार बिहान १०ः१५ बजे उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान महानवमीको पूजापछि विजयादशमीको पूजा गर्नुपर्ने र बिहान ९ः५५ बजे देवी विसर्जनको साइत रहेको गृहमन्त्रालयमार्फत जारी समितिको पत्रमा उल्लेख गरिएको छ ।

समितिका अनुसार असोज ९ गते बिहान १०ः४५ बजे घटस्थापना र १५ गते बिहान फूलपातीका दिन बिहान ७ः२५ बजे तुलजा भवानी यात्राका लागि समय शुभ रहेको उल्लेख गरिएको छ ।