काठमाडौ भाद्र १३ मन्त्रिपरिषद्को बैठकले यस अभि गरेको २६ मध्ये १८ लाई मनोनित गर्ने निर्णयमा आफ्नो निर्णय सच्याउदै १७ जनालाई मात्रै संबिधान सभामा मनोनित गरेको छ । कांग्रेस तर्फबाट सभासद मनोनित रुक्मिणी कोइरालाको नाम सर्वोच्च अदालतको आदेश विपरीत भएको सार्वजनिक भएपछि मन्त्रिपरिषद्ले निर्णय सच्याएको हो ।
सर्वोच्च अदालतले संबिधानसभामा रिक्त रहेको २६ सभासद मनोनित गर्दा चुनाव हारेका र समानुपातिक सूचीमा रहेकालाई नपार्न भनेको थियो । कांग्रेसले दोस्रो संबिधासभाको लागि निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीमा कोइरालाको नाम समावेस भएको सम्वद्ध स्रोत बाट बुझिएको छ। ।
को को भए त २६ मध्ये १७ मनोनित सभासद ?
कांग्रेसतर्फबाट: राधेश्याम अधिकारी,शिवबहादुर खड्का,पुष्कर आचार्य,रोशन बानियाँ,सुकदेव सुतिहार,सूर्यदेव दास,उमेश श्रेष्ठ,अनिलकुमार रुङटा
एमालेतर्फबाट:अग्नी खरेल,गंगा डाँडी,मिरा ध्वजु,पेम्बा भोटे,नरेश खरेल,राजन भट्टराई,पर्तमान धिमाल र उदय श्रेष्ठ नेपाली
राप्रपा नेपालबाट:,गणेश थापा