मङ्लबार, बैशाख ११, २०८१

संसद् अवरुद्व गरेर निकास निस्कदैन : प्रम कोइराला

सञ्चार माध्यममा आएको टीकाटिप्पणी गलत भएको बताउँदै प्रम कोइरालाले भने-

 म एकदम ठीक छु र नियमित सबै काम गरिराखेको छु

काठमाडौं भाद्र १४, प्रधानमन्त्री सुशील कोइरालाले सहमति जुटाएर संविधान निर्माणको कामलाई तीव्र बनाउनुपर्ने बेलामा संसद् अवरोध गरेर sushil-koiralaनिकास ननिस्कने बताउनुभएको छ । आज प्रम कोइराला सङग राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले र समितिका समाचारदाताहरूले आज समसामयिक विषयमा राखेको जिज्ञासालाइ सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिनु भएको हो ।

साथै उहाँले चारबुँदे सहमति कार्यान्वयनका लागि विपक्षी दलहरूले उठाएको मागको सम्बन्धमा सोधिएको एक प्रश्नमा निकास त दिनुपर्छ, यसैमा हामी अल्झेर बसिराख्न हुँदैन, छलफल गरेर निकास निकाल्नुपर्छ सबैलाई लिएर जानुपर्ने बताउँनु भएको थियो ।

त्यस्तै प्रम कोइरालाले आफ्नो स्वास्थ्यलाई लिएर सञ्चार माध्यममा आएको टीकाटिप्पणी गलत भएको स्पष्ट पादै पत्रपत्रिकामा जुन कुरा आएको छ त्यो गलत कुरा हो, म एकदम ठीक छु, सबै काम गरिराखेको छु । उपचारको क्रममा पाँच पाँचवटा रेडियो थेरापी लिएकाले धेरै काम र धपेडी नगर्नुस् भन्ने सल्लाह र सुझाव हुँदाहुँदै पनि मन्त्रिपरिषद्को बैठक, विभिन्न कार्यक्रम र साथीहरूसँगको भेटघाटजस्ता कार्यलाई नियमितता दिइराखेको प्रधानमन्त्रीले जानकारी दिनुभएको उल्लेख गर्दै समाचार माध्यमहरुले समाचार प्रकाशित गरेका छन ।