बिहिबार, चैत्र १५, २०८०

मन्त्रिपरिषद बैठक :२६ मध्ये १८ सभासद् मनोनयन

  • प्रधानमन्त्री सुशील कोइरालाले अवैतनिक सल्लाहकारमा मृदुला कोइराला नियुक्त

  • बाढीपहिरोबाट मृत्यु भएका मृतकका परिवारलाई किरिया खर्चबाहेक प्रतिपरिवार राहत स्वरुप रु एक लाख प्रदान

  • यु–१६ प्रिमियर लिग क्रिकेटमा विजेता बनेको नेपालका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ जनालाई पुरस्कारस्वरुप जम्मा रु नौ लाख दिने निर्णय

  • राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सदस्यमा सुनितासिंह ठकुरी, विजयकुमार सिंह दनुुवार, फुर्वा तामाङ र नागेन्द्रप्रसाद यादव र ऋण असुली पुनरावेदन न्यायाधीकरणमा पुनरावेदन सुन्ने अधिकारीमा महेशकुमार थापा लाई नियुक्त

काठमाडौ भाद्र १३, संविधानसभा निर्वाचन सम्पन्न भएको नौ महिनापछि सरकारले आज बसेको मन्त्रिपरिषद्को बैठकमार्फत २६ मध्ये १८ जनाको सभासदको मनोनयन गरेको छ । यसरी मनोनित भएका सभासदहरुमा क्रमस राधेश्याम अधिकारी, शिवबहादुर खड्का, पुष्कर आचार्य, रेशम बानियाँ, cabinate-photoसकलदेव सुखियार,  सुरेन्द्रदेव दास उराव, उमेश श्रेष्ठ, अनिलकुमार रुङ्गटा, उदय नेपाली श्रेष्ठ, अग्नि खरेल, गङ्गा डाँगी, मीरा धुजु, प्रेम्बा वोटे,रुक्मिणी कोइराला पर्तमान धिमाल,  नरेश खरेल, डा राजन भट्टराई र गणेश थापालाई मनोनयन गरेको हो । बाँकी आठ सभासद्को मनोनयन पनि छिट्टै गरिने बैठकपछि सूचना तथा सञ्चारमन्त्री डा रिजालले जानकारी दिनुभएको छ।

त्यस्तै बैठकले मुलुकको बाढीपहिरोबाट मृत्यु भएका मृतकका परिवारलाई किरिया खर्चबाहेक प्रतिपरिवार राहत स्वरुप रु एक लाख प्रदान गर्ने निर्णय गरेको छ भने स्वास्थ्य मन्त्रालयअन्तर्गत सरकारले मुलुकभर निःशुल्क वितरण गर्दै आएको ४० प्रकारका औषधिको सङ्ख्यालाई बढाएर ७० पु-याएको छ ।  त्यसैगरी मलेसियामा सम्पन्न एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटमा विजेता बनेको नेपालका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ जनालाई पुरस्कारस्वरुप जम्मा रु नौ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री डा रिजालले जानकारी दिनु भएको छ।  मन्त्री डा रिजालका अनुसार सरकारले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सदस्यमा सुनितासिंह ठकुरी, विजयकुमार सिंह दनुुवार, फुर्वा तामाङ र नागेन्द्रप्रसाद यादव र ऋण असुली पुनरावेदन न्यायाधीकरणमा पुनरावेदन सुन्ने अधिकारीका रुपमा महेशकुमार थापालाइ लाई नियुक्त गर्ने निर्णय गरेको छ भने प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारका रुपमा अवैतनिक रहने गरी मृदुला कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।