काठमाडौ भाद्र ४, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज राजधानीमा आयोजित एक विशेष कार्यक्रमका वीच नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै खेलकुद क्षेत्रको समयानुकल विकासका एवम् खेलाडीको दक्षता अभिवद्धिका लागि आवश्यक बजेट विनियोजनमा कन्ज्युसाइ गर्न नहुने बताउँनु भएको छ । त्यस्तै उहाँले कुनै विद्यामा सहभागी खेलाडीको दक्षता अभिवृद्धि गन सकेमात्र नेपालले अन्तर्राष्ट्रियस्तरमा बढी भन्दा बढी पदक जित्न सकिने धारणा अभिव्यक्त गर्नु भएको थियो । कार्यक्रममा काँग्रेस खेलकुद विभागका प्रमुख एवम् केन्द्रीय सदस्य धनराज गुरुङले खेल क्षेत्र अस्वस्थ राजनीतिको मैदान भएकाले खेलकुद परिषद्भित्र भएका विकृतिलाइ पाखा लगाउँन लोकतान्त्रिक खेलकुद सङ्घले आवश्यक भूमिका निवाह गनु नितान्त आवश्यक भएको बताउँनु भएको थियो । त्यस्तै गरि काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला शिक्षा मन्त्री चित्रलेखा यादव केन्द्रीय सदस्य बलबहादुर केसीले अर्का केन्द्रीय सदस्य गगन थापा लगायतले मुलुकको खेलकुद जगत र लोकतान्त्रिक खेलकुद सङ्घले निर्वाह गनु पर्ने भूमिकाका सम्बन्धमा बोल्नु भएको उक्त कार्यक्रममा खेलकुद क्षेत्रमा विशिष्ट योगदान पु¥याएका खेलाडीलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र कुमार शेरचनलाई खेलकुद विभागका प्रमुख गुरुङले र सङ्घका अध्यक्ष शेरचनले केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
अन्तर्राष्ट्रियस्तरका पदक जित्न खेलाडीको दक्षता अभिवद्धि गर्नुपर्छ :वरिष्ठ नेता देउवा
August 20, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np