मङ्लबार, बैशाख ११, २०८१

बाढी पहिरो पीडितलाई राहत स्वरुप एक लाख उपलब्ध गराइने

काठमाडौ भाद्र ४, विपद् व्यवस्थापन उच्चस्तरीय समितिको आज बसेको बैठकले हालै आएको बाढी पहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई राहत  स्वरुप रु एक लाख दिन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । समितिका संयोजक प्रधानमन्त्री सुशील कोइरालाको संयोजकत्वमा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलका प्रतिनिधि सहभागी समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको उपप्रधान बामदेव गौतमले जानकारी दिनु भएको छ ।

उपप्रधानमन्त्री गौतमले पीडितहरुलाई राहत सहयोग, पुनःस्थापना लगायतमा सहयोग पु¥याउन केन्द्रस्तरबाट दैनिक रुपमा अनुगमन गरिने र जिल्ला स्तरमा राजनीतिक दल, नागरिक समाजलगायतको सहभागितामा जिल्लास्तरीय सहयोग समिति पनि गठन गरिने बताउँनु भएको छ ।