मङ्लबार, बैशाख २५, २०८१

नेपालमा रिम्पोछेको अन्त्येष्टिका लागि मन्त्रिपरिषद्द्वारा ससर्त नीतिगत व्यवस्था

काठमाडौँ श्रावण १३, मन्त्रिपरिषद्को आजको बैठकले विदेशी मुलुकका नागरिकको पार्थिव शरीर नेपालमा ल्याई अन्त्येष्टि गर्न अनुमति दिन सकिने नीतिगत व्यवस्था गरेको छ ।  विदेशी नागरिकको पार्थिव शरीर नेपालमा ल्याई अन्त्येष्टि गर्न अनुमति दिने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएको minendra-rijal12_20140312050457स्थितिमा सरकारले गुम्बाको निवेदनका आधारमा यस्तो निर्णय गरेको हो । निर्णयअनुसार नेपालको धार्मिक र सांस्कृतिक विकासमा योगदान पु-याएका ऐतिहासिक व्यक्तिले मृत्युपूर्व नेपालमा अन्त्येष्टिका लागि इच्छ्याएमा उसको पार्थिव शरीर विदेशबाट नेपाल ल्याउन सकिनेछ ।

बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले दिनुभएको जानकारीअनुसार त्यसरी पार्थिव शरीर ल्याउँदा सरकारले तोकेको स्थानमा मात्र अन्त्येष्टि गर्नुपर्ने र नेपालको कानुन, संस्कृति, परम्परा तथा सामाजिक सद्भावमा खलल नपु-याई अन्त्येष्टि गर्नुपर्ने सर्त निर्धारण गरेको जानकारी दिनु भएको हो ।

सो नीतिगत व्यवस्थाका आधारमा सरकारले दिवङ्गत धर्मगुरु श्ह्यार कुनसिंग रिम्पोछेको पार्थिव शरीर नेपालमा ल्याई काठमाडौँको रानीवनस्थित स्यारभन गुम्बा तथा महावीर गोन्छेनको आफ्नै परिसरमा अन्त्येष्टि गर्न दिन अनुमति दिने निर्णय गरेको छ । उहाँको गत जेठ २८ गते जर्मनीमा निधन भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु