मङ्लबार, बैशाख ११, २०८१

प्रथम विश्व युद्धको असर बारे छलफल

काठमाडौं श्रावण १२, प्रथम विश्व युद्ध भएको सय वर्ष पुगेको अवसरमा राजधनीमा आज रसियन सेन्टर अफ साईन्स एण्ड कल्चर र नेपाल पत्रकार मञ्चको संयुक्त warआयोजनामा एक विशेष छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफल एवम् फोटो प्रर्दशनी कार्यक्तमका प्रमुख अतिथि भ्याालरि एनिच्किनले प्रथम विश्व युद्धपछि विश्वमा परिवर्तन आएको बताउदै प्रथम विश्व युद्ध रहर नभएर बाध्यता भएको दावी गर्नु भएको थियो ।

त्यस्तै गरि रसियन सेन्टर अफ साईन्स एण्ड कल्चरका निर्देशक एन्टोन मास्लोभ र प्रोफेसर नीरञ्जन शर्माललगायतका वक्ताहरुले प्रथम विश्व युद्धको क्रममा भोग्नु परेको भयावह स्थितीको प्रसङगमा अभिव्यक्ति दिनु भएको थियो ।  नेपाल पत्रकार मञ्चका अध्यक्ष नीरञ्जन ओझाको सभापतित्वमा सम्पन्न् उक्त कार्यक्रममा नेपाल पत्रकार मञ्चका सचिव नेत्रप्रसाद न्यौपानेले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।