बिहिबार, बैशाख २०, २०८१

पशुपति क्षेत्र विकास कोषमा ३सय३० जना ब्राम्हणको आवेदन माथि छानविन हुँदै

 काठमाडौं श्रावण १२,  पशुपति क्षेत्र विकास कोषले पशुपतिमा पशुपतिमा पूजाआजा गराउनेहरु ब्राह्मणभन्दा गैह्रब्राह्मण भएको भक्तजनको गुनासो लाई सम्बोधन गर्दै पूजा pashupati mandirआजा कर्मकाण्ड लगायतका कार्य गर्ने ब्राम्हणहरुको पहिचानको लागि तयार पारेको माप दण्ड अनुरुप कोषमा बुझाइएको ब्राम्हण आवेदन उपर छानविन सुरु गरको छ ।

विकासकोषले पाशुपतक्षेत्रमा पूजाआजा कर्मकाण्ड गराउँदै आएका ब्राह्मणहरुले पूजाआजालगायतका कर्मकाण्ड गराउन पाउने गरी आ–आफ्नो गाविसबाट ब्राह्मण भएको सिफारिससहितको निवेदन दिनु पर्ने मापदण्ड तय गरेको र सोहि अनुरुप परेको निवेदनमाथि छानविन सुरु गरिएको जनाएको छ । यस क्रममा कोषमा ३३० जना ब्राम्हणको निवेदन परेको बुझिएको छ ।