मङ्लबार, बैशाख २५, २०८१

एडिबीद्वारा रु १८ अर्ब १६ करोड सहयोग

काठमाडौँ आषाढ २८, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग(सासेक)अन्तर्गत नेपाललाई ऊर्जा प्रणाली विस्तार परियोजना कार्यान्वयनका लागि रु १८ अर्ब १६ करोड (१९१.२ मिलियन अमेरिकी डलर) प्रदान गर्न सम्झौतापत्रमा शुक्रवार अर्थ सचिव युवराज भुसाल र एडिबीका देशीय निर्देशक केनिची योकोयामाले सो सम्बन्धी Finance-Ministry-of-Nepal.php_2सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।
ऊर्जा प्रशारण क्षमता अभिवृद्धि तथा ऊर्जा वितरण केन्द्रको सुधार गर्ने उद्देश्य रहेको उक्त परियोजनाका लागि एडिबीले रकममध्ये १८० मिलियन अमेरिकी डलर ऋण हो भने ११.२० मिलियन अमेरिकी डलर अनुदान रहेको अर्थ मन्त्रलायले जनाएको छ।

परियोजनाको ऊर्जा प्रशारण क्षमता विकासअन्तर्गत कालीगण्डकी करिडोर र मस्र्याङ्दी–काठमाडाँैसम्मको करिब ४०० किलोभोल्ट क्षमताको ४५ किलोमिटर तथा २२० किलोभोल्ट क्षमताको १९२ किलोमिटर प्रशारण लाइन निर्माण गरिने बताइएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु