कठमाडौं आषाढ २०, काठमाडौँबाट सुर्खेत हुँदै हुम्ला जान लागेको सिम्रिक एयरको ९ एनएजेजेड हेलिकप्टर खराब मौसमका कारण तनहुँको भानु गाविस–१ भन्सार नजिकै आकस्मिक अवतरण गरिएको छ ।
खराब मौसमका कारण उक्त ठाउँमा हेलिकप्टर अवतरण गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । काठमाडौँबाट ८:३० बजे उडेको उक्त हेलिकप्टरमा दुई जना अमेरिकी, एक जना चिनियाँ, एक नेपाली गाइड र चालकसहित पाँच जना रहेको समाचारमा जनाएको छ ।