बिहिबार, चैत्र १५, २०८०

नेपाल सशक्त भयो भने मात्र भारत समृद्ध बन्न सक्छ : भाजपा नेता जोली

काठमाडौँँ आषाढ २०, नेकपा एमालेको नवौँ महाधिवेशनमा भाग लिने सिलसिलामा नेपाल आउनुभएका विजय जोलीले आज यहाँ आयोजित विशेष साक्षात्कारमा कार्यक्रममा भारतीय जनता पार्टी अखण्ड नेपालको पक्षमा रहेको बताउदै आफू सङ्घीयताको पक्षधर भए पनि नेपालको आन्तरिक Bijaya-Joli-BJP- मामिला भएकाले यहाँका जनता, राजनीतिक दल र सरकारको आपसी छलफल र वार्ताबाट यस विषयमा निर्णय लिनु पर्ने बताउँनु भएको छ ।

त्यस्तै साक्षात्कारमा उहाँले राष्ट्रपति डा रामवरण यादव र नेकपा ९एमाले०का नेताहरुसँग वर्तमान राजनीतिक घटनाक्रमका बारेमा विस्तृत रुपमा छलफल भएको भन्दै नेपाल सशक्त भयो भने मात्र भारत समृद्ध बन्न सक्छ, नेपाल र भारतबीच रोजिरोटीको सम्बन्ध छ, हाम्रा दुई देशबीचको जस्तो भाइचारा अरु देशको नभएको बताउनु भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको निकट भविष्यमै हुने प्रष्ट पार्दै उहाँले आफु सनातन धर्म मान्ने हिन्दू धर्मावलम्बी भएकोले नेपालमा ८५ प्रतिशत जनता हिन्दू धर्मप्रति आस्था राख्दछन्, यस्तो महत्वपूर्ण विषयमा जनमत नलिइकनै निर्णय लिएकोमा चिन्ता प्रकट गर्नु भएको थियो ।