मङ्लबार, बैशाख २५, २०८१

एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित,४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौ ज्येष्ठ ३०, २०७० सालको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले शुक्रबार images1अपराह्न पाँच बजे नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजा अनुसार यस बर्ष एसएलसीमा ४३ दशमलव ९२  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

पनिका भक्तपुरद्धारा आज आयोजित   पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसवर्ष नियमिततर्फ तीन लाख ९४ हजार ९३३ र आङ्शिकतर्फ एक लाख ३३ हजार ६२६ गरी कुल पाँच लाख ४८ हजार २४८ जना परीक्षार्थीले परीक्षा दिएकोमा नियमिततर्फ एक लाख ७३ हजार ४३६ जना र आङ्शिकतर्फ १४ हजार ५९१ जना उत्तीर्ण भएको जनाएको छ । त्यस्तै परीक्षामा डिक्टीक्शन ल्याउने छात्र र छात्रा १८,११० छन् भने प्रथम श्रेणीमा ८३,६३७ रहेका छन् । त्यस्तै द्वितिय श्रेणीमा ६७,९४२ रहेका छन् । तृतिय श्रेणीमा ३,७४७ को संख्यामा परीक्षार्थीले परीक्षा उतिर्ण गरेका छन् ।

नतिजा सुन्न र हेर्नका लागि परीक्षा नियन्त्रकको कार्यालय सानो ठिमीमा अहिले देखि नै ठूलो भीड लागेको छ। एसएलसीको परिणाम परीक्षा नियन्त्रणको कार्यालय सानोठिमीको आधारिकारिक वेबसाइट www.soce.gov.np, नेपाल सरकार शिक्षा मन्त्रालय तथा शिक्षा विभाग www.moe.gov.np,www.doe.gov.np तथा नेपाल टेलिकमको आधिकारिक www.slc.ntc.net.np मा हेर्न सकिनेछ। यसका साथै नेपाल टेलकमको ल्याण्डलाइन फोनमा १६०० सय डायल गरी एसएलसीको जानकारी लिन सकिनेछ। गत चैतमा भएको एसएलसी परीक्षामा मुलुकभरबाट पाँच लाख ६६ हजार ८४ जना परीक्षार्थी सहभागी भएका थिए ।

Regular परीक्षार्थीको परीक्षाफल थाहापाउँनको लागि  यहाँ क्लिक गर्नुहोला ।

Exempted परीक्षार्थीको परीक्षाफल थाहापाउँनको लागि  यहाँ क्लिक गर्नुहोला ।

मार्कसीटको लागि यहाँ क्लीक गर्नुहोस।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031