आइतवार, बैशाख २३, २०८१

माघ ८ गतेका दिन संविधान जारी गर्न सरकार पूर्णप्रतिवद्ध : उपप्रधानमन्त्री सिंह

जोंन्छे पत्रकारिता पुरस्कार पत्रकार किलम्बूलाइ

भक्तपुर ज्येष्ठ २५, उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सहिद राधेश्याम जोंन्छे स्मृति प्रतिष्ठानद्धारा शनिवार जोन्छेंको दोस्रो वार्षिक स्मृतिसभा तथा पुरस्कार वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्धारित मिति अर्थाथ आगामी माघ ८ Prakash-Man-Singh_20130518095406गतेका दिन संविधान जारी गर्न सरकार भरमग्दुर प्रयास सहित पूर्णप्रतिवद्ध रुपमा सक्रिय रहेको बताउनुभएको छ।

  त्यस्तै उपप्रधानमन्त्री सिंहले स्थानीय निकायको निर्वाचनको लागि स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा परिमार्जन गर्न लागेको बताउँदै उहाँले ऐन परिमार्जन भएलगत्तै सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने पनि बताउदै पत्रकार महासङघ भक्तपुरका पूर्व सभापति नारायण किलम्बूलाई रु पाँच हजार नगदसहित जोंन्छे पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

कार्यक्रममा सभासद् रामेश्वर ढुङ्गेल, नेका जिल्ला सभापति गणेशमान चक्रधरले राधेश्याम जोंन्छेलाई सरकारले सहिद घोषणा गर्नुपर्ने बताउनुभएको थियो ।