शुक्रबार, चैत्र १६, २०८०

कौसीखेतीले सहरको हरियाली प्रवद्र्धनमा सहयोग पुग्ने उपप्रम सिहंको विस्वास

काठमाडौं ज्येष्ठ २४, उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले कौसी तरकारी खेती’ प्रवद्र्धन तथा प्रदर्शनीको आज राजधानीमा 10349863_10152498049652329_89354k78502671743322_nउद्घाटन गर्दै राजधानीलाई वातावरणमैत्री र जनस्वास्थ्यका दृष्टिले उपयुक्त बनाउन आधुनिक जीवनशैलीलाई प्राकृतिक वातावरणसँग निकटता ल्याउन कौसी तरकारी खेतीलाई प्रवद्र्धन गर्नु जरुरी रहेको बताउँनु भएको छ।

त्यस्तै उहाँले बढ्दो सहरीकरणसँगै योजनाबद्ध विकासको अभावका कारण राजधानीलाई व्यवस्थित गर्न नसकिएको पक्ष स्विकार गर्दै कौसीखेतीले सहरमा हरियाली प्रवद्र्धन गरी वातावरणीय सुधार ल्याउन सहयोग पुग्ने विस्वास सहितको अपेक्षा पनि प्रकट गर्नु भएको कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बास्कोटा, कामपाका कार्यकारी तथा पूर्वकार्यकारी प्रमुख लगायतका वक्ताहरुले कौसी तरकारी खेतीको महत्वमाथि प्रकास पार्नु भएको थियो ।