बिहिबार, बैशाख २०, २०८१

पर्यटन व्यवसायीको आन्दोलन स्थगन

काठमाडौँ ज्येष्ठ १९, नेपाल पर्यटन बोर्डमा भएको आर्थिक अनियमितता छानविन गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग गर्दै एक Tourism-Boardमहिनादेखि आन्दोलनमा उत्रिएका पर्यटन व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । संयुक्त पर्यटन समन्वय समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भीमप्रसाद आचार्यले वार्तामा आउन आग्रह गरेपछि तत्कालका लागि आन्दोलनका सवै कार्यक्रम स्थगन गरेको समितिद्धारा जारी विज्ञप्तिमा  जनाईएको छ।