बिहिबार, चैत्र १५, २०८०

उपत्यकालाई सुविधासम्पन्न प्रारुपमा विस्तार गर्न उपप्रम सिंहलाई सभासद् फुयाँललको सुझाव

काठमाडौँ ज्येष्ठ १९, काठमाडौं विधानसभा सभासद् रामेश्वर फुयाँलले काठमाडौँ उपत्यका चारभन्ज्याङ बाहिरको पाँच/पाँच किमि वृत्तसम्म उपत्यकाको भूगोल कायम गर्न उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई सुझाव दिनुभएको छ । आइतवार सभासद् फुयाँलले उपप्रधानमन्त्री सिंहको DSC_0026_20110708085653कार्यकक्षमा पुगी सिङ्गो उपत्यकालाई एउटै राजनीतिक एकाइ कायम गरी ‘राजधानी उपत्यका महानगरपालिका’ गठन तथा प्रत्यक्ष निर्वाचनमा एक प्रमुख, तीन उपप्रमुख(एक महिलासहित), महिला एक वडाअध्यक्ष, एक महिला उपाध्यक्षसहित तीन उपाध्यक्ष र सात सदस्य व्यवस्था गर्न सुझाव दिनुभएको बुझिएको छ ।

त्यस्तै सभासद् फुयाँलले २१औँ शताब्दीको  उपत्यकामा लाई पूर्वजले निर्माण गरेका पुरातात्विक र सांस्कृतिक धरोहरको संरक्षण गर्न खाँचो छ भन्दै अबको उपत्यका निर्माण तथा विस्तार आउँदो २०० वर्षको दृष्टिकोण बोकेर गर्नुपर्नेमा जोड भएको थाह भएको छ ।