बुधबार, बैशाख १९, २०८१

राप्रपा नेता चन्दले अध्यक्षको कुर्सी कब्जा गरेको भन्दै कार्यकर्तावृतमा ठूलै हल्लीखल्ली

get_imgचन्दद्वारा आफु पार्टी अध्यक्ष भएको घोषणा,  राप्रपा पुन विभाजनको संघारमा 

काठमाडौं ज्येष्ठ १९,   राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आफू आजदेखि पार्टीको अध्यक्ष भएको घोषणा गर्नुभएको छ । राप्रपाको केन्द्रीय कार्यालय चाबहिलमा आज पत्रकार सम्मेलनको rppआयोजना गरी उहाँले पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले अवकाश लिनु भएपछि सहमतिको आधारमा आफू पार्टीको अध्यक्ष भएको घोषणा गदै गर्दा यता अध्यक्ष सूर्यबहादुर थापाको औपचारिक राजीनामा नआउँदै लोकेन्द्रबहादुर चन्दले अध्यक्षको कुर्सी कब्जा गरेको भन्दै कार्यकता वृतमा ठूलैहल्ली खल्ली भएको बुझिएको छ ।

त्यस्तै पार्टी कार्यालय चन्दले कव्जा गरेपछि सूर्यबहादुर थापाले आफ्नै निवास मालिगाउँमा अहिले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको थाह भएको छ ।

 त्यस्तै नेता चन्दले आफू निकटका नेता कार्यकर्ताको दलवल सहित पार्टी कार्यालय कब्जामा लिएको भन्दै  थापा पक्षले    नेता चन्दलाइ कारर्वाही गर्नेपर्ने विषयमा छलफल गर्दैगर्दा  नेता चन्दले भने पार्टीका चारजना नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीले एकरएक वर्ष पार्टीको नेतृत्व गर्ने विषयमा भएको सहमति अनुरुप आफू पार्टी अध्यक्ष भएको बताउँनु भएको छ । यसैवीच राप्रपाको राजनितिमा मौलाएको अध्यक्ष कुर्सी कब्जा प्रकरणले राप्रपालाई पुन विभाजनको संघारमा लगेको राप्रपाको राजनितिलाई नगिचबाट नियालिरहेको विश्लेषकहरुले बताएका छन ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031