बिहिबार, बैशाख २०, २०८१

प्रेस यूनियनको ८औं महाधिेवेशन असार १ र २ गते पोखरामा हुने

काठमाडौं ज्येष्ठ ३, नेपाल प्रेस यूनियनको ८औं महाधिेवेशन असार १ र २ गते पोखरामा हुने भएको छ। यूनियनको कार्यसम्पादन समितिको शनिवार press unionबसेको वैठकले महाधिवेशनको मिति तय गरेको हो। यसअघी असार ६ र ७ लाई महाधिवेशनको मिति तय गरिएको थियो। तर सोहि समयमा संविधानसभाको उपनिर्वाचन परेपछि युनियनले यसअघीको निर्णयमा पुनरावलोकन गर्दै नयाँ मिति तय गरेको हो। यूनियनले महाधिवेशनको लागि जेठ १० गतेभित्र वाँकी रहेका जिल्ला तथा प्रतिष्ठान शाखाहरुलाई अधिवेशन सकाउन निर्देशन दिएको छ। यूनियनको १३ जिल्ला तथा ५ वटा प्रतिष्ठानका अधिवेशन हुन वाँकी रहेको महासचिव शिव लम्सालले जानकारी दिनुभएको छ।

वरिष्ठ अधिवक्ता यदुनाथ खनाललाई निर्वाचनको जिम्मेवारी दिइएको छ। यूनियनका अध्यक्ष किरण पोखरेलले दिएको राजीनामा स्विकृति नभएको अवस्था सम्म कार्यवाहक अध्यक्षको रुपमा वरिष्ठ उपाध्यक्ष बद्रि सिग्देललाई वैठकले जिम्मेवारी दिएको छ। वैठकले यूनियनको विधान संशोधनका लागि अधिवक्ता शेर वहादुर केसीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ।