काठमाडौं बैशाख १६, नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको आसन्न २४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । युनियनको आज बसेको बैठकले उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिएको हो । यसअघि क्रान्तिकारी पत्रकार महासंघसँग संयुक्त प्यानल बनाउने प्रयासमा रहेको भए पनि उक्त प्रयास विफल भएपछि युनियनले एक्लै प्यानल बनाएको हो ।
युनियसले अध्यक्षमा यसअघि नै पोषण केसीको उम्मेदवारी घोषणा गरिसकेको छ भने नवघोषित थप पदाधिकारीहरु अन्तगत उपाध्यक्षमा रामजी दाहाल, समावेशी उपाध्यक्षमा अनिता विन्दु, महासचिवमा जगत नेपाल, खुलातर्फ सचिवमा दिलिप थापामगर, एसोसिएटमा प्रकाश थापा र समावेशी सचिवमा गोविन्द परियारलाई उम्मेदवार बनाएको छ । महिला सचिवमा वसुन्धरा गौतम ,कोषाध्यक्षमा राजेश मिश्रलाई उम्मेदवार छनौट गरेका छन ।
युनियले पूर्वाञ्चल केन्द्रीय सदस्यमा कृष्ण हुमागाईं र भक्तिविलास पोखरेल, मध्यमाञ्चलमा शम्भू गौतम र शीतल महतो, पश्चिमाञ्चलमा खिमानन्द भट्टराई र ओम घायल, मध्यपश्चिमाञ्चलमा राजीव केसी र भीमबहादुर केसी तथा सुदूरपश्चिमको केन्द्रीय सदस्यमा टेकेन्द्र देउवा र माधव धामीलाई उम्मेदवार बनाएको छ । त्यस्तै गरि उपत्यकाबाट शिरोमणि ढुंगाना र भूपेन्द्र आचार्य, प्रतिष्ठानबाट नारायण अर्याल र सुवोध गौतम, महिलाबाट प्रतिमा बास्कोटा र सलोजा दाहाल, जनजातिबाट नारायण किलम्बु ,मोहन वान्तवा ,मधेशीतर्फ अजित तिवारी र वनारसी वर्मा र उम्मेदवार भएका छन् भने लेखा समितिको संयोजकका लागि प्रदिप चापागाईलाई युनियनले उम्मेदवार बनाएको छ ।