बुधबार, बैशाख २६, २०८१

राष्ट्रपति ड��. यादवद्वारा घोडेजात्रा अवलोकन

  काठमाडौ चैत १६ , घोडेजात्राको अवसरमो नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको परम्परागत घोडेजात्रा कार्यक्रमको राष्ट्रपति डा. रामवरण यादवले अवलोकन गर्नुभएको छ ।  त्यस्तै कार्यक्रममा राष्ट्रपति डा. यादवले नेपाली सेना द्दारा आयोजित म्युजिकल राइडर र शो जम्पलगायतका  rbyप्रतियोगिताका उत्कृष्ट प्रतियोगीलाई पुरस्कार समेत प्रदान गर्नु भएको थियो । 

 समारोहमा घोडा दौड प्रतियोगिताका अतिरिक्त गु्रप टेन्ट पेडिङ, लायन्स हिट प्याक, लायन्स, पिक र क्रिज, ड्रिल राइड, मिक्सजम्प, पोलो, हर्स फिएट, चार्जर, शो जम्प र फायर जम्पसहितका विभिन्न खेल प्रस्तुत गरिएका थिए । समाहरोमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, कायममुकायम प्रधानन्यायाधीश दामोदर शर्मा र सभामुख सुवास नेम्वाङ त्यस्तै गरि उपप्रधानमन्त्रीद्वय बामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरु समारोहमा उपस्थित रहेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728