बिहिबार, बैशाख १३, २०८१

लोकदोहोरी गायिका महतको अन्त्येष्टी सोमवार

 काठमाडौ चैत १६ ,  यातायात व्यवसायीले हिजो मृत्यु भएकी लोकदोहोरी गायिका मञ्जु महतका दुई नाबालक सन्तानको लालनपालनका लागि रु पाँच लाख manju-mahat-finalदिने सहमति भएपछि भोलि उनको अन्त्येष्टी गरिने भएको छ । गोल्कोपाखामा माइक्रोबसको ठक्करबाट घाइते महतको उपचारका क्रममा हिजो टोखास्थित ग्राण्डी अस्पतालमा निधन भएको थियो ।

माइक्रोबस व्यवसायीले बिमा वापतको रु पाँच लाख रु १० लाख दिने र प्रशासनले चालकलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि प्रदर्शनमा उत्रिएका कलाकार र महत परिवारले विरोधका कार्यक्रम फिर्ता लिंएका हुन् । माइक्रोबस व्यवसायी समिति र पीडित पक्षबीच एक सहमति कायम गरी भोलि महतको अन्त्येष्टी गर्ने तयारी भएको मृतकका आफन्त सफल महतले जानकारी दिनुभयो । गायिका महतको मृत्युलाई लिएर उहाँका आफन्त एवम् राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले ठक्कर दिने सवारी चालकलाई कारबाही तथा पीडित पक्षलाई उचित क्षतिपूर्तिको माग गर्दै आज दिनभर गल्कोपाखा क्षेत्रमा प्रदर्शन गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728