बिहिबार, बैशाख २०, २०८१

लोकदोहोरी गायिका महतको निधन

काठमाडौं चैत्र १५ , गत बिहिवार सवारी दुर्घटनामा गम्भिर घाइते बनेकी लोकदोहोरी गायिका मञ्जु महतको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारकै manju-mahat-finalक्रममाभएको छ। उनको देब्रे खुट्टा बिहिबार नै काटिएको थियो। अस्पताल स्रोतका अनुसार उनको दुबै मृगौला फुटेको थिए। महत सवार स्कुटरलाई दुईवटा माइक्रोबसले ठक्कर दिएको थियो। बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए। दुर्घटनाबाट उनको देब्रे खुट्टा, टाउको र छातीमा गम्भीर चोट लागेको थियो। 

महत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिती उपाध्यक्ष समेत हुन्। उनको निधनको खवर लगत्तै अस्पतालमा उनका प्रशंसकहरु तथा कला क्षेत्रका व्यक्तिहरुको ग्राण्डी अस्पतालमा भिड लागेको छ।