शुक्रबार, चैत्र १६, २०८०

पूर्व मन्त्री लामा रहेनन

 कठमाडौं चैत १२ , पूर्व मन्त्री एवम् पूर्व प्रहरी महानिरीक्षक डिवी लामाको गएराति निधन भएको छ । नेपाली काँग्रेसको तर्फबाट विसं २०५६ को प्रतिनिधि सभा सदस्यमा रसुवा जिल्लाबाट निर्वाचित भई सामान्य प्रशासन सहायक मन्त्री समेत भई सक्नुभएका लामाको आफ्नो जन्मघर नुवाकोट जिल्ला गेर्खु गाविस–२ आएका बखत हिजो राति एक्कासी छातीमा असहजपन बढेपछि उपचारका लागि काठमाडौँ लैजाने क्रममा निधन भएको उहाँका पारिवारिक स्रोतलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाइएको छ ।   स्वर्गीय लामाको तीन श्रीमती तीन छोरा र दुई छोरी हुनुहुन्छ ।