बुधबार, बैशाख २६, २०८१

स्थानीय निकायको निर्वाचन मिति तोक्नुपर्नेमा वरिष्ठ नेता नेपालको जोड

 काठमाडौं चैत १, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले( दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज राजधानीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै एमालेको नवौँ महाधिवेशन सहमति र एकताका साथ सम्पन्न हुने बताउनुभएको छ ।    सम्बोधनको क्रममा नेता नेपालले स्थानीय images (7)निकायको निर्वाचन अविलम्ब गर्नुपर्ने जरुरी भएको भन्दै जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन मिति तोक्नुपर्नेमा जोड दिदै भन्नुभयो, “स्थानीय निर्वाचन र पार्टीको महाधिवेशन दुवै महत्वपूर्ण भएकाले स्थानीय निकायको निर्वाचन र एमालेको महाधिवेशनको मितिचाहिँ तलमाथि गर्नुपर्ने जरुरी हुन्छ तर पार्टीको महाधिवेशनको मिति धेरै धकेल्ने कामचाहिँ गर्नुहुँदैन ।

कार्यक्रममा दोलखा निर्वाचन क्षेत्र नं १ बाट विजयी हुनुभएका पार्वत गुरुङ र क्षेत्र नं २ बाट विजयी हुनुभएका आनन्दप्रसाद पोखरेल र समानुपातिकतर्फबाट सभासद् बन्नुभएका पशुपति चौलागार्इं सम्मान गर्नु भएको थियो । यसै अवसरमा कार्यक्रमका प्रमुख अतिथी एवम् काठमाडौँ क्षेत्र नं २ र रौतहट निर्वाचन क्षेत्र नं १ बाट विजयी हुनुभएका वरिष्ठ नेता माधवकुमार नेपाललाई मञ्चका अध्यक्ष सरोजमोहन लामाले सम्मान गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728