आइतवार, बैशाख २३, २०८१

इमेजमा नयाँ नेतृत्व चयन

 काठमाडौं फागुन १९, नेपाल पत्रकार महासंघ इमेज च्यानल शाखामा आइतवार भएको शाखाको चौथो अधिवेशनले डिल्ली बसेलको नेतृत्वमा नयाँ fng logo 1कार्यसमिति चयन गरेको छ ।निर्वार्चित नयाँ कार्यसमितिको उपाध्यक्ष,सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस गृष्माराज भण्डारी, सञ्जिव बगाले, हिमाल पौडेल र कृति भट्टराई रहेका छन ।
यस्तै सो शाखाबाट केन्द्रीय पार्सदहरुमा डा.महेन्द्र विष्ट, शुरेश शर्मा, राजन कुईँकेल, सुरज आचार्य, जगदीश खरेल, शंकरप्रसाद खनाल, काशी दवाडी, सञ्जिव रेग्मी र तिलक कोइराला चयन गरिउको छ ।
कार्यक्रममा पत्रकारिता विषयमा हालै मात्र विद्यावारिधि गर्नुभएका ईमेज च्यानलका समाचार प्रमुख तथा नेपाल पत्रकार महासंघका पूर्व महासचिव महेन्द्र विष्टलाई विशेष सम्मान गरिएको अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले गर्नु भएको थियो ।