मङ्लबार, बैशाख ११, २०८१

पत्रकार महासङ्घ पाल्पामा अर्याल, राससमा नेपाल र गोरखापत्रमा गौतम निर्वाचित

 कठमाडौं फागुन १९, नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको नवौं अधिवेशनबाट अध्यक्षमा राजेशकुमार अर्याल सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । त्यस्तै कार्यसमितिको उपाध्यक्ष   सचिव , सहसचिव र कोषाध्क्षमा क्रमस टेकनारायण भट्टराई, किरण कौशल, राजकुमार आले र मिलन विश्वकर्मा निर्वाचित fng logo 1भएका छन भने यज्ञमूर्ति तिमिल्सिना, कृष्ण दर्नाल, कृष्ण पोखरेल, कृष्ण कार्की, भोजराज भट्टराई, तिलाचन पाण्डे, गीता खनाल, टीकाराम बस्याल, रनबहादुर कुमाल र रीमा सोमै कार्यसमिति सदस्य चयन भएका छन । 

त्यस्तै गरि केन्द्रीय पार्षद्का लागि मेघराज शर्मा, गोविन्द भट्टराई, भगवान भण्डारी, गोपालप्रसाद बस्याल, राजेन्द्र लिगल, रामप्रसाद न्यौपाने, यमबहादुर गाहा, देवबहादुर पचभैया, मुना घिमिरे, वासुदेव ढकाल, कमलराज तिमिल्सिना, रेखीराम राना, अमृत अधिकारी र सन्तोष बस्याल चयन भएको बुझिएको छ ।

यसैवीच राष्ट्रिय समाचार समिति शाखाको आज सम्पन्न छैठौं अधिवेशनले विष्णु नेपालको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा नारायण घिमिरे, सचिवमा वासुदेव पौडेल, कोषाध्यक्षमा अभिलाषा पोखरेल र सहसचिवमा पवित्रा गुरागाईं निर्वाचित हुनुभएको छ । यसैगरी, समितिको शाखा सदस्यमा नारायण न्यौपाने, उत्तम सिलवाल, दिलीप अधिकारी र महेन्द्र सुवेदी चयन हुनुभएको छ । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा निर्मला आचार्य, सूर्यचन्द्र बस्नेत, एकराज पाठक, कृष्ण अधिकारी र प्रकाश सिलवाललाई सर्वसम्मतरूपमा चयन गरेको छ ।  

त्यसैगरि आजै सम्पन्न गोरखापत्र शाखाको सातौंँ  अधिवेशनले नारद गौतमको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा योगेश पोखरेल, सचिवमा सीताराम विलासी, सहसचिवमा शेखर चौलागार्इं र कोषाध्यक्षमा सविता शर्मा रहनुभएको छ । केन्द्रीय प्रतिनिधिमा वसन्तप्रकाश उपाध्याय, गोकर्ण अर्याल, जुनारबाबु बस्नेत, त्रिभुवनचन्द्र वाग्ले, श्रीधर आचार्य, केपी गौतम, लक्की चौधरी, वासुदेव पोखरेल र सरोज ढुङ्गेललाइ चयन गरिएको छ ।