मङ्लबार, बैशाख ११, २०८१

आजबाट नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशन सुरु,हिटा र नयाँ पत्रिका नयाँ नेतृत्व चयन

काठमाडौं फागुन १७,    पत्रकार महासंघको शनिबार पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरुमा निर्वाचन भएको छ । प्राप्त पछिल्लो परिणाम अनुसार पर्वतमा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद शर्मा तथा गोरखामा चौतारीकै भिमलाल श्रेष्ठ विजयी भएका छन । दुबै स्थानमा चौतारीले बहुमत fng logo 1पार्षदसहित विजयी भएको जनाएको् छ ।

त्यसैगरि शनिबार नै राजधानीमा हिमालय टाइम्स शाखा र नयाँ पत्रिका शाखाको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । हिमालय टाइम्स प्रतिष्ठान शाखाको अध्यक्षमा दीपक बराल चयन हुनुभएको छ । बरालको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चूडामणि कोइराला, सचिवमा मदन कोइराला र कोषाध्यक्षमा सिर्जना पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सदस्यमा खनिता पाण्डे र कृष्ण सुवेदी चयन हुनुभएको छ । अधिवेशनले गोविन्द लुईंटेल, नारायण अर्याल र सरोज अधिकारीलाई महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । शाखाको सल्लाहकारमा उज्जवल शर्मा, विष्णु निष्ठुरी र नारायण अर्याल छन् । केन्द्रीय प्रतिनिधि अजयबाबु सिवाकोटी, पूर्वअध्यक्ष विष्णु निष्ठुरी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सरोज अधिकारी, प्रेस चौतारी नेपालका सचिव नरेन्द्र साउँदलगायतको सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।

त्यसैगरी नयाँ पत्रिका प्रतिष्ठान शाखाको अधिवेशनले सुदीप ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिशरण खनाल, सचिवमा टेकराज थामी, कोषाध्यक्षमा गोकुल अर्याल चयन हुनुभएको छ । अधिवेशनले उमेश चौहान, चिरञ्जीवी पौडेल र भुवन शर्मालाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।