शुक्रबार, बैशाख २१, २०८१

नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले भोलि अपरान्ह पद तथा गोपनियताको सपथ लिने

काठमाडौँ माघ २७ नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले भोलि मंगलबार पद तथा गोपनियताको सपथ लिने भएका छन् । कोइरालाले मंगलबार
sital-niwas अपरान्ह शीतल निवासमा राष्ट्रपति रामवरण यादवबाट सपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यलयले जनाएको छ। एमालेसहित केही साना दलको समर्थनमा कोइराला सोमबार प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । व्यवस्थापिका संसदमा हाल कायम रहेको ५७१ सभासद मध्ये ४०५ मत प्राप्त गरेर कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।