शनिबार, बैशाख ८, २०८१

४ सय ५ मत प्राप्त गर्दै कांग्रेस सभापति कोइराला नेपालको ३७ औं प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं माघ २७,नेपाली कांग्रेसमा स्वच्छ छवि सहित २०१० सालदेखि नै राजनीतिमा क्रियाशिल रहदै   तत्कालिन राजा महेन्द्रले २०१७ पुस १ गते कु गरेपछि पूर्णकालिन राजनीतिमा होमिएका नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता सुशील कोइराला गणतन्त्र नेपालको छैठौं तथा  नेपालको ३७ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । sushilआज व्यवस्थापिका संसदमा भएको मतदानमा ४ सय ५ मत ल्याएर कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

कोइरालाको विपक्षमा १ सय ४८ मत परेको थियो । कोइरालालाई नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, परिवार दल लगायतका सभासदले मतदान गरे ।  यस्तै उनको विपक्षमा ए नेकपा माओवादी, राप्रपा नेपाल तथा फोरम लोकतान्त्रिकसहितका मधेशवादी दलहरुले मतदान गरेका थिए । कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएसँगै मुलुकको कार्यभार फेरि जननिर्वाचित सरकारकै काँधमा आएको छ ।